IS YOUR PHONE LUCKY FOR YOU
|
FOREX_ RATESGoalnepal/footballHINDI MOVIES SONGSWeather kathmandu |
freeastrologyBBC WORLD NEWSCNN NEWSSPORT NEWS |
ONLINEKHABARKANTIPUR NEWSNAGARIK NEWSWEEKLY NEPAL |
HOW TO MAKE YOUR DAY USEFUL?
ANSWER IS USE COLORS THAT THE DAY ASK.LIKE
SUNDAY- ORANGE
MONDAY- BLUE
TUESDAY- RED
WEDNESDAY-GREEN
THURSDAY- YELLOW
FRIDAY- WHITE
SATURDAY-BLACK
कुन राशि को भाग्य कुन वर्षमा चम्किन्छ ?
मेषराशि हुने मानिसहरूको जीवनमा १९, २२, २३, र २८ वर्षको उमेर महत्वपूर्ण हुने गर्दछ । वृषराशि हुने मानिसहरूको जीवनमा २०, २२, २४ र ३१ वर्षको उमेरमा महत्वपूर्ण उतारचढाव आउने गर्दछ। मिथुनराशि हुनेहरुको भाग्य १८, २१, ३०, र ३९ वर्षको उमेरमा चम्किन्छ । कर्कटराशि हुने मानिसहरुको १३, २२, र ३१ वर्षको उमेर महत्वपूर्ण हुने गर्दछ । सिंहराशि हुनेहरुलाई २३, ३२, ४२, र ५० वर्षको उमेरमा धन, पद-प्रतिष्ठा प्राप्त हुने गर्दछ । कन्याराशि हुने मानिसहरुको १५, १८, २४, र ३३ वर्ष निकै नै उपलब्धी पूर्ण हुने गर्छ । तुलाराशि हुने मानिसहरुको जीवन १६, २५, र ३४ वर्षमा बदलिन्छ । वृश्चिक राशि हुनेहरुले १७, २६, २८ वर्षमा सफलता प्राप्त गर्दछन् । धनराशि भएकाहरूको जीवनमा १८, २७, ३०, र ३६ वर्षमा सफलता प्राप्त हुने गर्दछ। मंकरराशि हुने मानिसहरूले २४ र २५ वर्षकोउमेरमा सफलता हासिल गर्ने गर्छन् । कुम्भराशि हुनेहरूको जीवनमा ३० र ३५ वर्षमहत्वपूर्ण हुने गर्दछ । मीनराशि हुने मानिसहरू २१, ३०, ३३, र ३९ वर्षको उमेरमा सफलतामा रमाउन पाउनेछन् जन्म समय स्वभाव
नवजात शिशुको ग्रहदशा
पाया विचार - यो विचार विशेषगरी दक्षिण भारत एवं नेपालका पनि मारवाडी समुदायमा बढी नै प्रचलित छ । यसको विचार गर्दा जन्मलग्न र चन्द्रमाको दूरी हर्ेर्नुपर्दछ । जन्म समयमा चन्द्रमा लग्न छैठौँ वा एघारौँ भावमा छ भने सुनको पायमा जन्मिएको रहेछ भन्ने बुझनर्ुपर्छ । त्यस्तै चन्द्रमा दोस्रो, पाँचौँ वा नवौँ भावमा छ भने चाँदीको पापमा जन्मेको बुझनर्ुपर्दछ । फेरि चौथो, आठौँ वा बाह्रौँ भावमा चन्द्रमा गएमा फलामको पायमा जन्मेको हुनेछ । लौह पाद अर्थात् फलामको पायलाई विशेष अशुभ मानिन्छ । त्यसैले यसको शान्ति गराउनु हितकर हुनेछ । यसको प्रचलन नेपालमा छैन । तैपनि कुनै जिज्ञासु मस्तिष्कले यसलाई प्रयोगमा ल्याउनु सक्नुहुनेछ । दाइभाइ - यदि जन्मलग्नबाट तृतीय भावमा र्सर्ूय छ र ऊ कुनै पनि शुभग्रहबाट दृष्ट छैन भने यस्ता बालकले दाई पर्ने हुन्छ । सकेसम्म यस्ता बालकलाई दाईभन्दा टाढै राखे राम्रो रहनेछ । त्यस्तै तृतीय भावमा शनि छ भने भाइ जन्मेर मर्नेछ अर्थात् भाइलाई पिर्दछ । यस्तोमा भाइ जन्मेको छ भने घरबाट बाहिर मामाघरतिर राखे राम्रो हुन्छ । त्यस्तै तृतीय भावमा मङ्गल छ भने जन्मेका भाइबहिनी सबैलाई टोक्ने हुन्छ । यसको रोकथामको लागि कुनै ज्योतिषको सल्लाह लिई उपचार गराउनु हितकर हुनेछ । बाउआमा पिर्ने - यदि बलकको जन्मलग्नबाट छैठौँ वा बाह्रौँ भावमा पापग्रह छ भने आमालाई पिर्ने हुन्छ, साथै चन्द्रमा पापग्रहको बीचमा परे पनि आमाले दुःख उठाउनुपर्ने छ । फेरि चतर्ुथ भावमा शनि, मङ्गल, राहु छ भने अर्कै स्त्रीको दुःख खाएर हर्ुकने छ । दशौं भावमा र पञ्चम भावम पापग्रह छ भने बाउलाई पिर्ने हुन्छ । र्सर्ूय राहुसँग भए तापनि मुद्दा, ममिला खेप्न पर्नेछ । यस्तोमा कुनै ज्योतिषको सल्लाह लिई त्यस ग्रहको उपचार गराउनु राम्रो हुनेछ । राजा-रड्क योग - यदि बालकको जन्म समयमा ३ ग्रह उच्चका छन् र ती ग्रहले बृहस्पति वा शुक्रको दृष्टि पाएका छन् भने राजासमान वैभवशाली जीवन जीउने हुन्छ । यदि ३ पापग्रह मात्रै उच्चमा छन् भने ऊ निरङ्कुश, क्रूर शासक हुन्छ । त्यस्तै तीन ग्रह आफ्नै घरमा छन् भने मन्त्री समान जीवन जीउने छ । मन्त्री नै पनि बन्ला । मन्त्री नै बन्ला । फेरि ति ग्रह बिनचमा छ भने जीवन भर अरुकै गुलामी गर्नु पर्ने हुन्छ । तर, नीच ग्रह परस्पर निचभङ्ग राजयोगमा छन् भने भौतिक जीवन कष्टकारक रहे तापनि एक ऐतिहासिक महापुरुष बन्नेछ । जस्तै सर्वोच्च नेता गणेशमान सिंह । कुलदीपक योग - लग्नमा शुक्र र बुध, केन्द्रमा बृहस्पति तथा दशम भावमा मङ्गल छ भने यस्ता व्यक्ति कुलदीपक बन्नेछन् र आफ्नो राष्ट्र एवं कुलको नाम संसारमा चम्काउनेछ । अशुभ योग - यदि जन्म समयमा छैठौँ भावमा मङ्गल सातौँ राहु र अष्टम शनि छ भने स्वास्नी टोक्ने हुन्छ । स्त्रीको कुण्डलीमा यस्तो योग भए पोइ टोक्ने हुन्छिन् । यस्तो योगमा ती ग्रहको नवांश स्थित योग पनि हर्ेर्नुपर्ने हुन्छ । जारजात जन्म ज्ञान - यदि बृहस्पतिको लग्न पाप चन्द्रमामाथि दृष्टि छैन वा र्सर्ूय र चन्द्रमा एकै अंशमा छन् अर्थात औँसीको जन्म र बृहस्पति दृष्टिरहित भएमा या चन्द्र, मङ्गल र र्सर्ूयको युती छ भने ती योगमा जन्मिएका व्यक्ति आफ्नो आमाको लोग्नेबाट नभएर उसको प्रेमी अर्थात् जारबाट जन्मिएको मान्नर्ुपर्दछ । तर, आजको युगमा यसलाई ज्योतिषहरूले विचार गर्नु दर्ुघटना निम्त्याउनु हो । त्यसैले यसको निश्चय गर्दा ती ग्रहको नवमांश एवं द्रेष्काणगत अवस्थालाई समेत विचार गर्नु पर्नेछ । जात फ्यांक्ने - कुनै बच्चा सिंह लग्नमा जन्मिएकोे छ सप्तम भावमा शनि छ भने आ-आफ्नो जात फ्याली म्लेच्छ बन्न पुग्ने छ । हामीले यस्तो दर्ुइवटा कुण्डली पाएका थियौँ, जसमा उपाध्याय बाहुनको छोरी मुसलमानसँग पोइल गएका थिए । यदि केटाको यस्तो योग परेमा ऊ तल्लो जातको केटीसँग सम्भोग गर्ने हुन्छ । या विवाह गरि जात फाल्नेछ । अल्पायु योग - लग्न चन्द्रिका नामक ग्रन्थको अनुसार यदि राहु छैठौँ, आठौँ या दशौ भावमा बसेका छन् भने शिवजीले रक्षा गरे पनि ऊ चार वर्षभत्र मर्नेछ भनी उद्घोषण गरिएको छ । तर यसको विचार गर्दा अन्य शुभ-अशुभ योगको पनि विचार गर्नु आवश्यक पर्दछ । प्रायः यस्तो केसमा हामीले बालारिष्ट भएको भने भेटेका छौं । लग्नेश र्सर्ूयको सत्रु परेमा पनि अल्पायु योग पर्दछ । अष्टम चन्द्रमाले पनि अल्पायु योग बनाउँदछ । अष्टमेश छैटौं भावमा गएमा ३२ औं वर्षा मृत्यू हुने बताइएको छ । यस्तो योग भारतकी नायिका स्मिता पटेलको कुफ्ीलया थियो । उनी ३२ औं वर्षा मरेकी थिइन् । अन्य शुभ-अशुभ योग - अश्विनी नक्षेत्रको प्रथम चरणमा परेको र दिनमा जन्मिएको भए बाउलाई पिर्ने रात्रिमा आमालाई पिर्ने र सन्ध्यामा जन्मिएको भए आफैँलाई पिर्ने हुन्छ । औँसीमा जन्मिएको छ भने बाउआमालाई पिर्ने, दर्रि्र बनाउने र आफूले पनि अनेकौँ कष्ट भोग्ने हुन्छ । कृष्णपक्षको चर्तुदर्शीका जन्मिएको छ भने पनि पिर्ने हुन्छ । मघा, अश्लेषामूल, रेवती नक्षेत्रमा जन्मेका पनि शुभा शुभ योग पर्नेछन् । त्यसैले बालकको जन्म समयमा यी यस्ता विभिन्न योगको जानकारीको लागि हाम्रो कार्यालयमा सर्म्पर्क राख्न सक्नुहुनेछ । किनकि एउटा भनाइ छ - ‘Fate has terrible power you can not escape it by wealth or, war No fort will keep it out No ships out run it . |
Rules on Saturn [from the many rules given in M.T’s books]
कसरी रहन्छ दाम्पत्य जीवन सुखी
सुखि दाम्पत्य जीवनका लागि विवाह पुर्व वर्ग मेलन गर्नु नितान्त आवश्यक हुन्छ । वर्ग जम्मा आठ छन् । जस्तै १. गरुड, २. बिरालो, ३. सिंह, ४. कुकुर, ५. र्सप, ६. मुसा, ७. मृग, ८. भेडा, । नामको पहिलो अक्षर अनुसार वर्ग जान्नु पर्दछ । जस्तै- अ, आ इ, उ, ए, ऐ, ओ, औ, अं गरुड । क, ख, ग, घ, ङ,बिरालो । च, छ, ज, झ, ञ, सिंह, ट, ठ, ड, ढ, ण, कुकुर । त, थ, द, ध, न, र्सप । प, फ, ब, भ, म मुसा । य, र, ल, व, मृग तथा श, ष, स, ह, भेडा । आफ्नो जन्म नामको वर्गबाट आफूले सम्बन्ध स्थापित गर्न लागेको व्यक्तिको वर्ग मित्र भए शुभ सम भए सामान्य र शत्रु भए अशुभ जान्नपर्दछ । यसप्रकार विवाह गर्दा वर र बधु ( केटा, केटी) को वर्गविचार गरेर शुभ अशुभ जान्न सकिन्छ f
|